सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद केसीले नीति तथा कार्यक्रममा सुशासनप्रतिको प्रतिबद्धता गरिएको भन्दै सुशासन कायम गर्नका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक रहेको बताए । “हामीले प्रत्येक वर्षको बजेट र नीति…