नेपाल उद्योग तथा व्यवसायी महासंघले समग्र निजी क्षेत्रका लागि बजेट उत्साहपर्दक र सकारात्मक रहे पनि निजी क्षेत्रले अपेक्षा गरेको कर सम्बन्धी स्पस्ट धारणा नआएको गुनासो गरेको छ । महासंघले बुधबार पत्रकार सम्मलेन गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको २०८१/०८२ को बजेटले निजी क्षेत्रका व्यवसायलाई उत्साहित बनाउन बिभिन्न करहरुमा छुटको ब्यवस्था गर्न…