काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने भएको छ । अध्यागमन विभागले हवाई टिकटको बिल पेस गर्न नपर्ने जनाएको हो । ्वैदेशिक रोजगार विभागले टिकटको बिल र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेपछि…