आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको चैत्र २२ गते बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको विशेष साधारण सभाले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । कम्पनीको अध्यक्ष हेमराज ढकालको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले दुबै कम्पनीको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डिडिए रिर्पोटको आधारमा सेयर अनुपात १:१ कायम गरी दुवै…