निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले ९ महीनामा आफ्नो दाबीमध्ये ७० प्रतिशत दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल ८ हजार ९५९ वटा दाबी फछ्र्यौट गरेको हो । यसवापत कम्पनीले १ अर्ब २७ करोड दाबी भुक्तानी गरेको जनाएको छ । यस आर्थिक वर्षको प्रारम्भमा कम्पनीको दाबी भुक्तानी गर्न बाँकी संख्या…