नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूको ६० अर्ब रुपियाँभन्दा बढी भुक्तानी लिन बाँकी रहेको जनाएको छ । धेरै ठूलो रकम भुक्तानी बाँकी रहेकाले व्यवसायीहरू आर्थिक रूपमा धराशायी भएको महासंघको भनाइ छ । महासंघको २४औँ साधारण सभाबाट पारित २७ बुँदे निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । महासंघको साधारण सभा गएको फागुन…