एजीएमबाट पारित नगद लाभांश धमाधम वितरण हुँदै, थप तीन कम्पनीले जम्मा गरे

सूचीकृत कम्पनीहरुले साधारण सभाबाट पारित भएको नगद लाभांश धमाधम वितरण गर्न थालेका छन् । पछिल्लो दिनमा मात्रै तीन कम्पनीहरु शिवम् सिमेन्ट्स, चिलिमे जलविद्युत् कम्पनी र फरवार्ड माइक्रोफाइनान्सले नगद लाभांश वितरणको सूचना निकालेका छन् । तीनवटै कम्पनीले साधारण सभाको लागि गरिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा आईपीएस मार्फत नगद लाभांश…