- अनुपम राठी नेपालको कुल उद्योग र व्यापारको ७० प्रतिशत हिस्सा राजधानीबाहिर अर्थात मोफसलमा छ । नेपालको अर्थतन्त्र अहिले जटिल अवस्थामा गुज्रिरहँदा मोफसलका उद्योग र व्यापारको अवस्था थप चुनौतीपूर्ण बनेको छ । सरकारीस्तरबाट सार्वजनिक हुने अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्र कमजोर छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुद्रास्फीति ४.८२ प्रतिशत छ…