फजुल खर्च रोक्दा प्रधानमन्त्रीले प्रतिशोध साँधेः प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले फजुल खर्च रोकेका कारण प्रधानमन्त्रीले आफूमाथि प्रतिशोध साँधेको आशय व्यक्त गरेका छन् । सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तामा जानेबित्तिकै बजेटलाई जे गरे पनि हुन्छ भन्ने मान्यता आफूले तोडेको बताए । अर्थमन्त्रीको रुपमा आफूले अर्थतन्त्रलाई लयमा फर्काएको समेत महतको दाबी छ । डा. महतले निर्वाचनपश्चात् तीनपटक…