नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो। नेप्सेले २७१ सूचीकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार समूहमा वर्गीकरण गरेको छ।…