सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पुस मसान्तसम्म १४ करोड ७८ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ६२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको आम्दानी घटेपछि कम्पनी नोक्सानी पुगेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सिमेन्ट बिक्री आय…