रिलायन्स स्पिनिङ मिल्सले सेबोनसँग माग्यो आईपीओ बिक्री अनुमति, ८२० रुपैयाँ ८० पैसामा आउने

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न माघ २३ गते सेबोनमा निवेदन दिएको हो । यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७०…