हकप्रद निष्काशनका दौरान बिक्री नभएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने काम सुरु भएको छ । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहान कार्यालय समयदेखि लिलामीको बोलकबोल खोल्न थालिएको हो । क्यापिटलका अनुसार शुक्रबार बिहानदेखि दिउँसो १ बजेसम्ममा ३ हजार हाराहारी बोलकबोलहरु खोलिएको छ । उसका…