आलुको आयात १ अर्ब रुपैयाँले घट्यो, प्याज आयातमा पनि गिरावट, राजस्व संकलनमा भने वृद्धि

अन्य देशहरुबाट हुने आलुको आयतमा १ अर्ब रुपैयाँले कमी आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८०\८१ को ६ महिनाको अवधिमा ४ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ बराबरको १८ करोड ३५ लाख केजी आलु आयात भएको छ । जुन गत आर्थिक वर्ष २०७९\८० को सोही अवधिको तुलनामा १ अर्ब रुपैयाँले कम हो…