अर्थतन्त्र सुधारका लागि सरकारले गर्यो यस्तो निर्णय

सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग मङ्गलबार छलफल गरेपछि सरकारले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवाब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैङ्कमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले बैङ्कदरका…