एभरेष्ट बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको २०८० भदौ २७ गते बुधबार साँझ ४ः३० बजे बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आव २०७९–८० को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सतिह १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो…