२२ लाख पर्ने विद्युतीय कार टाटा टियागो नेपाली बजारमा, नाडा अटोमा सार्वजनिक

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली उपभोक्ता अनुकुल बजेटको विद्युतीय कार सार्वजनिक गरेको छ । मंगलबार सवारी साधनको कुम्भ मेला नाडा अटो शोमा टाटा टियागो इलेक्ट्रीक कार सार्वजनिक गरिएको हो । कार चढ्न चाहने तर खरिद गर्न आर्थिक क्षमता बढी हुनुपर्ने अवस्था रहेको बेला सिप्रदीले तल्लो मूल्यमा कारको बिक्री वितरण सुरु गरेको…