सुन तस्करी प्रकरणमा ६० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

६० किलो सुन तस्करी प्रकरणमा ६० जना प्रतिवादीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध दोस्रो मुद्दा दायर गरेको हो । सीआईबीले गरेको अनुसन्धानलाई आधार बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएकाहरु मध्ये ५० प्रतिवादीलाई विभिन्न आठ अपराधमा सजाय गर्न माग गरिएको छ।…