छाेटाे दूरीकाे सार्वजनिक सवारी साधनको भाडा बढेको छ । नयाँ भाडादर बिहीबारदेखि नै लागू भएको वाग्मती प्रदेशकाे श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । अब सार्वजनिक सवारीसाधनमा ५ किलोमिटरसम्मको यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १५ किमीसम्म भाडादर १८ रुपैयाँ थियो ।उपत्यकामा १० किलोमिटर दूरीसम्म २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म…