करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा…