जग्गा व्यवस्थापन नहुँदा अघि बढेन औद्योगिक क्षेत्रको काम

छ वर्षअघि निर्माण घोषणा भएका यहाँका दुई औद्यागिक क्षेत्रका लागि जग्गा व्यवस्थापन अझै हुनसकेको छैन । जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले पठाएको प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको छ । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने प्रदेश सरकारको योजना जग्गा व्यवस्थापन हुन नसक्दा रोकिएको हो । पुरानै आयोजना कार्यान्वयनमा आउन नसकिरहेका…