माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि पहिलो चरणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा सेयर जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन…