कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४%, कृषि कर्जा घट्यो, औद्योगिक कर्जामा बढोत्तरी

आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.७९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धि ३.५१ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि २.१३ प्रतिशत…