आर्थिक चुनौतीका कारण आईडीए मुलुकहरुलाई ऋण भुक्तानीमा समस्या : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन् । चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन् । बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका थिए । मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरु सहभागी विशिष्ट…