संकटपूर्ण अर्थतन्त्रको उद्दारका लागि विश्वप्रकाशका ९ सुझाव, भ्रष्टाचारका फाइल नभई फायर खोल्नुपर्ने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संकटमा परेको अर्थतन्त्र उकास्न सरकारलाई ९ बुँदे सुझाव दिएका छन्। सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताथिको छलफलमा उनले अहिलेको संकटपूर्ण अर्थतन्त्रको उद्दारका लागि सरकारले सार्वजनिक खर्चमा व्यापक कटौती गर्नुपर्ने बताएका छन्। बेरुजु संकलनमा कडाई, चुहावट र भ्रष्टाचार नियन्त्रणमा कडाइसहित कठोरता राख्न पनि सरकारलाई सुझाएका छन्।…