सेयर बजारमा क्रियाशिल चार ओटा लगानीकर्ताको संघले पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न दिएको अल्पकालिक अन्तरिम आदेशको स्वागत गरेका छन् । जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्त विज्ञप्ति जारी गर्दै…