निलम्बन खारेजीसहित पुनर्बहालीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। सरकारले अधिकारीमाथि छानबिन गर्नुपर्ने भन्दै निलम्बन गरेको थियो। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै…