नेपालकै पहिलो कृषि कर्जा मेला: कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउन सहयोग मिल्ने अपेक्षा

नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ ।  चितवन एक्स्पो सेन्टर भरतपुरमा चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार उद्घाटन गरेका हुन् । कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन…