नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सातवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ । सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र…