ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले प्रसारण लाइन निर्माणमा रहेको मार्गधिकारको समस्या समाधान गर्न जलविद्युत आयोजनामा जस्तै प्रभावितहरुलाई सेयर उपलब्ध गराउने गरी कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मार्गधिकारमा परेका जग्गाको कित्ताकाटको समस्या नीतिगत रुपमै सम्बोधन गर्न काम भइरहेको बताए…