वित्तीय प्रणालीमा निक्षेप थपिएपनि सहज भएन तरलता समस्या

बैंकिङ्ग प्रणालीमा असोज महिना निक्षेप क्रमिक रुपमा बढे पनि तरलता अभावको समस्या सहज हुन सकेको छैन् । यो साताको अन्तिम दिन शुक्रबार मात्र बैंकहरुले तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट १९ अर्ब ३० करोड स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो महिना असोजको दोस्रो सातामा बैंकहरुमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो…