अर्थमन्त्री जनार्दन शर्माले फाइल देखाएर पहुँचका भरमा बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका छन् । शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने उनले बताएका हुन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको कार्यक्रममा उनले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताउँदै भने, “फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन,…