सवारी साधनका बिक्रेताहरुको छाता संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारी साधनमा मूल्याङ्कनको ७५ प्रतिशत कर्जा दिने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसँगको छलफलमा नाडाले हाल ५० प्रतिशत कर्जा दिँदै आएकोमा उक्त सीमालाई ७५ प्रतिशत बनाउन सुझाव दिएको हो । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको…