सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बिरामीलाई दोस्रो दर्जाको रूपमा हेर्ने र हेप्ने प्रवृति रहेको रामेछाप निवासी सुमन घिमिरेले बताए । आफ्नी श्रीमतीको शल्यक्रिया गर्न टिचिङ अस्पताल आईपुगेका घिमिरेले बीमा योजनामा निःशुल्क तोकिएको औषधि पनि फार्मेसीमा नपाउने गुनासो पोखे । औषधी पाए पनि बीमाको कार्ड हुनेलाई कम गुणस्तरको र सस्तो औषधि दिने गरेको उनको पीडा…