सरकारले सुन आयातको सीमा खुकुलो बनाउन सकारात्मक भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेले बताए । बजारमा सुनको चरम अभाव देखिन थालेपछि आयात कोटा वृद्धिगर्न सरकार तयार रहेको मन्त्री पौडेलले बताएका हुन । नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताएका हुन । उनले बजारमा देखिएको…