कोभिडले थलिएको अर्थतन्त्र लयमा फर्कदैँ, बैंकहरुमा कर्जाको माग बढ्यो

कोभिडका कारण थला परेको मुलकको अर्थतन्त्र पछिल्ला केहि महिना यता क्रमश चलायमान हुन थालेपछि बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । मंसिर महिना सुरु भएयता बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ भने बैंकहरुले समेत कर्जा विस्तारलाई जोड दिएका छन् । संचालनमा रहेका २७ वाणिज्य बैंकले मंसिर महिनाको चार सातामा अर्थात २६ गतेसम्म ४९ अर्ब रुपैयाँ…