चालु आवको ६ महिनामा १९ निर्जीबन बीमा कम्पनीहरुले १३ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। यो रकम राष्ट्रिय बीमा कम्पनी बाहेक १९ कम्पनीको तथ्याङ्कमा आधारित रकम हो। कूल २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क यसमा समावेश छैन। बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि, इन्जिनियरिङ तथा अन्य…