विद्यालय क्षेत्र विकास कार्यकमका लागि विश्व बैंकको एक अर्ब २७ करोड अनुदान

नेपाल सरकार र विश्व बैंकका बिचमा विद्यालय क्षेत्र विकास कार्यकमका लागि एक करोड पचासी लाख अमेरीकी डलर (करिब एक अर्ब सत्ताइस करोड नेपाली रूपैंया)  बराबरको अनुदान दिने भएको छ । अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् ।…