‘निजी क्षेत्रसँग सहकार्य मौखिकरुपमा गर्ने र व्यवहारमा उल्टो भयो भने अर्थतन्त्रको लय भंग हुने खतरा छ’

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन पूर्वअर्थमन्त्री डा. महत भने, ‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझ्दछ ।’ ‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक…