देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो, थप ३ मा पुष्टि, ७ जना निको भए

देशभर कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ४५ पुगेको हो। उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्थ मन्त्रालयले जनाएको छ। आज पोजेटिभ देखिने तिनै जना पुरुष…