चालीस वर्ष नकट्दासम्म बैंकको जागिर सुरु गर्न सकिने, कर्मचारी भर्ना ३ प्रक्रियाबाट

बैंक/वित्तीय संस्थाले खुला प्रतियोगिता, आन्तरिक बढुवा प्रतियोगिता र टयालेन्ट हन्टको परीक्षा मार्फत मात्र कर्मचारी नियुक्त गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्थाले आफुखुसी मनोमानी ढंगवाट कर्मचारी नियुक्त गरेपछि यस्तो व्यवस्था गरेको हो । बिहीबार केन्द्रीय बैंकले बैंक/वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावलीको नमुना बनाई कर्मचारी नियुक्त गर्दा पदपूर्ति समिति गठन गरेर खुला प्रतियोगिता,…