अमेरिका र ब्रिटेनका सरकारले कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई प्राण दिन ठूला राहत योजनाको घोषणा गरेका छन्। अमेरिकी अर्थमन्त्रीका अनुसार १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको छ। ब्रिटेनले भाइरसको असरबाट प्रभावित व्यवसायहरूलाई झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत…