सिटिजन्स म्युचुअल फण्ड २ मा लगानी गर्ने आज अन्तिम दिन


सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामूहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत जेठ ९ गते बिहीबार देखि योजनाको इकाई बिक्री खुला गरेको थियो ।

फण्डको इकाईमा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा अनलाइन मेरो शेयर मार्फत गर्न सकिन्छ । इच्छुक आवेदकले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि अधिकतम २ करोड इकाई अर्थात २० करोड रुपैयाँसम्म आवेदन गर्न सक्नेछन । सामूहिक लगानी कोषको इकाईमा असार ६ गते शुक्रबारसम्म ४१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

सिटिजन्स म्युचुअल फण्ड–२ एक अर्ब रुपैयाँ बरावरको योजना हो । योजनाले निष्कासन गरेको कूल १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख अर्थात कूल इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।