बाढी पहिरोको कारण साउन ८ गतेबाट खुल्ने माउण्टेन इनर्जीको आईपीओ स्थगित

0
Shares

माउण्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेबाट आयोजना प्रभावित बासिन्दाका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) स्थगित भएको छ।

देशका विभिन्न स्थानमा भीषण वर्षासँगै आएको बाढीपहिरोको कारण भयावह अवस्था सृजना भई प्रभावित क्षेत्रमा गई सेवा प्रदान गर्न नसकिने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मको लागि साधारण शेयरको निष्काशन तथा बिक्री कार्य स्थगित गरिएको बिक्री प्रबन्धकहरुले जानकारी दिएका छन्।

आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि पहिलो चरणमा साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो।

कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । उक्त शेयर बाँडफाँड पश्चात सर्वसाधारणका लागि जारी गर्नेछ ।

स्थानीयका लागि खुलाइएको आईपीओमा पनि नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावित ६० प्रतिशत छुट्टाइएको छ। दुवै वर्गका प्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्रका रुपमा पञ्चकन्या गापा वडा नं। (साविकको थप्रेक गाविस) र तादी गापा वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा प्रभावित क्षेत्रमा तादी गापा, पञ्चकन्या गापा, लिखु गापा छन्।

त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गापा वडा नं। ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी छन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।