स्प्रेडदर ३.५ प्रतिशत कायम गर्न चेम्बरको सुझाब, तरलता व्यवस्थापनमा जोड

0
Shares

नेपालले चेम्बर अफ कमर्शले आगामी मौद्रिक नीति मार्फत स्प्रेडदर ३.५ प्रतिशतमा कायम गर्न राष्ट्र बैंकलाई सुझाब दिएको छ ।

चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा नेपाल राष्ट्र बैंक गएको प्रतिनिधि मण्डलले गर्भनर चिरञ्जीवी नेपाललाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा निर्देशित ८ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धि दरको लागि विस्तारित मौद्रिक नीति ल्याउनु पर्ने सुझाब दिएको छ । चेम्बरले बजेटमा निर्देशित ६।५ प्रतिशतमा मुनिको मुद्रास्फिति दर कायम गर्न आपूर्ती प्रणली सरल र सहज एंव सुगम हुने मौद्रिक नीति हुनुपर्ने बताएको छ । 

त्यस्तै बैंकिङ क्षेत्रमा हाल कायम ४.७५ प्रतिशतकोे स्पे्रडदरलाई ३.५ प्रतिशतमा मा ल्याईनुपर्ने, बजेट घाटा पूर्ती गर्न सरकारले उठाउने रु. १९५ अर्बको आन्तरिक ऋणले गर्दा लगानी योग्य रकमको अभाव झन बढ्ने भएकाले यसको प्रभाव न्यूनिकरण गर्ने किसिमको मौद्रिक नीति ल्याउनुपर्ने लगायतका सुझाबहंरु दिएको छ ।

यस्तै चेम्बरले बिदेशी मुद्राको घटबढ जोखिम व्यवस्थापन गर्न दायरा विस्तारहरुका साथै थप मौद्रिक उपकरणहरु जारी गरिनुपर्ने, तरलताको विद्यमान अवस्थामा सिडी अनुपातलाई केहि खुकुलो गरि अन्य तरलता अनुपातको माध्यमबाट जोखिम व्यवस्थापन गरिनुपर्ने माग राखेको छ ।

आयातको तुलनामा निर्यात वृद्धि हुन नसकिरहेको अवस्थामा निर्यात अभिवृद्धिका साथै आयात व्यवस्थापन गर्ने उद्योगलाई निर्यात प्रबद्र्धनका सुविधाहरु दिनुपर्ने नीतिको आवश्यकता रहेको, लगानी प्रर्बदनका लागि रिफाइनान्सिङको सुविधा १०० अर्ब रुपैयाँ पु¥याईनुपर्ने, भारतमा लेटर अफ क्रेडिट एट साईट खोलेर आयात गर्दा बिल अफ एक्सपोर्ट लिन समय लाग्ने हुँदा भारतीय निर्यातकर्ताले समयमा भुक्तानी प्राप्त गर्न नसक्ने भएकाले समस्याको सम्बोधन गरिनुपर्ने सुझाब चेम्बरले राखेको छ ।

यसैगरी हाल नेपाल राष्ट्र बैंकबाट जारी परिपत्रले एफ ओ बी एल सी र ढुवानीको लागि भिन्न एल सी खोल्नुपर्ने अवस्थाले आयात व्यापारमा उद्योगी व्यवसायीहरुले धेरै कठिनाई झेल्नुपरेकाले विगतको झै सि आई एफको लागि एल सी खोल्ने सुविधा पूर्ववत कायम गर्नुपर्ने माग चेम्बरको छ ।
यस्तै, क वर्गका वाणिज्य बैंकहरुले कृषिमा १० ५ ऊर्जा तथा पर्यटन क्षेत्रमा १५ प्रतिशत कर्जा प्रवाह गर्ने प्रावधान रहेकोमा कृषिमा उर्जा तथा पर्यटन क्षेत्रमा गरि २५ प्रतिशत कायम गरिनुपर्ने चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले चेम्बर अफ कमर्शद्धारा प्रस्तुत गरिएका मौद्रिक नीति सम्बन्धी सुझाबलाई गम्भिरताका साथ मनन गरि विकास बजेटसँग तादत्म्य मिल्ने गरी समावेश गरिने बताउदै उनले यथोचित सुझाबलाई समर्थन गरिने विश्वास दिलाए ।