अनुमति बिना लगानी व्यवस्थापनको कार्य नगर्न /नगराउन धितोपत्र बोर्डको निर्देशन

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र ब्यवसाय (लगानी व्यवस्थापन) अनुमति लिएर मात्र लगानी ब्यवस्थापकको कार्य गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ।

लगानी व्यवस्थापनको कतिपय संस्थाहरुले धितोपत्र ब्यवसाय कार्य गर्ने अनुमतिपत्र प्राप्त नगरि गैरकानूनी रुपमा लगानी व्यवस्थापकको कार्य गरेको भन्ने गुनासो आएको र यस्तो कार्य गैरकानूनी भएको बोर्डले जनाएको छ । बोर्डबाट अनुमति प्राप्त नगरी लगानी व्यवस्थापन नगर्नरनगराउन चेतावनी दिएको छ।

लगानी ब्यवस्थापन सम्बन्धि कार्य गर्न चाहने संस्थाले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ५६ को उपदफा १ अनुसार अनिवार्य रुपमा बोर्डबाट अनुमति लिनुपर्ने र उपदफा २ बमोजिम कसैले पनि अनुमति नलिई धितोपत्र ब्यवसाय गर्न नपाउने भन्ने स्पष्ट ब्यवस्था रहेको भन्दै अनुमति लिएर मात्र सेवा उपलब्ध गराउन भनेको छ ।

यसैगरि बोर्डले अनुमति प्राप्त नगरेका संस्थाबाट लगानी गर्दा लगानीकर्ताको लगानी समेत जोखिममा पर्न सक्ने भन्दै बोर्डबाट अनुमति लिएको छ कि छैन एकिन गरेर मात्रै सेवा लिन आम सर्वसाधारणमा सचेत गराएको छ ।

बोर्डबाट हालसम्म २९ वटा संस्थाहरुले लगानी व्यवस्थापन कार्य गर्न अनुमति पाएका छन् :

१ श्री एनएमबि क्यापिटल लि. 
२ श्री सनराईज क्यापिटल लि. 
३ श्री ग्लोबल आईएमई क्यापिटल लि. 
४ श्री भिवोर क्यापिटल लि. 
५ श्री सिभिल क्यापिटल मार्केट लि. 
६ श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि.
७ श्री प्रभु क्यापिटल लि. 
८ श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि. 
९ श्री लक्ष्मी क्यापिटल मार्केट लि.
१० श्री एनआईबिएल एस क्यापिटल लि. 
११ श्री कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टस् लि.
१२ श्री समृद्धि क्यापिटल लिमिटेड
१३ श्री नेशनल मर्चेन्ट बैंकर लि. 
१४ श्री सिद्धार्थ क्यापिटल लि.
१५ श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि. 
१६ श्री सिविआईएल क्यापिटल लि.
१७ श्री सानिमा क्यापिटल लि.
१८ श्री बि.ओ.के. क्यापिटल मार्केट लि.
१९ श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.
२० श्री एनआईसी एशिया क्यापिटल लि. 
२१ श्री आरबिबि मर्चेन्ट बैंकिङ लि.
२२ श्री आकाश क्यापिटल लि.
२३ श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि.
२४ श्री आर्कस क्यापिटल एडभाईजर्स लि.
२५ श्री कुमारी क्यापिटल लि.
२६ श्री नेपाल बङ्गलादेश क्यापिटल लि.
२७ श्री जनता क्यापिटल लि.
२८ श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि.
२९ श्री मेगा क्यापिटल मार्केट्स लि.