प्रभु क्यापिटलले ३ वर्ष का लागि निःशुल्क डिम्याट खाता खोली दिने


पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ ।

“प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ डम्याट खाता सञ्चालनमा आएको हो ।

यस योजनाअन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंकका देशभरका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको क्यापिटलले जनाएको छ ।

https://dematapply.prabhucapital.com डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट खाता नम्बर पाउने छन् ।

यसका साथै क्यापिटलले ग्राहकहरुलाई डिम्याट खाताका सम्बन्धमा रहेका जिज्ञासा तथा समस्याहरुको सहजीकरण तथा निराकरण गर्ने अभिप्रायले भाइबर तथा फेसबुक पेजबाट जानकारी दिने भएको छ । ग्राहकहरुलाई परेका विभिन्न समस्याहरु जस्तै डिम्याट खातासम्बन्धी जानकारी, नविकरणसम्बन्धी जानकारी, पासवर्ड रिसेटसम्बन्धी जानकारी तथा खाता ब्लक अनब्लकसम्बन्धी जानकारी तथा आवश्यक सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।