अपर तामाकोशीको साधारण सभा आज, सञ्चालक बन्नेहरुको चर्को प्रतिस्पर्धा

0
Shares

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चार जना सञ्चालक चयन गर्ने प्रस्ताव सहित आह्वान गरेको एघारौं साधारण सभा आज हुँदैछ । तर साधारणसभा स्थगित गर्न माग गर्दै निवेदन परेकाले संचालक चयन सहज रुपमा नहुने संकेत देखिएको छ ।

साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुनेगरी ४ जना संचालकको निर्वाचन गर्ने तयारीे छ । चार जना संचालक पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

आयोजना निर्माणस्थल दोलखाको बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले स्थानीय सरकार, स्थानीय लगानीकर्तालाई समय मै जानकारी नदिएकोले आम जन सहभागिता बिना साधारणसभा हुन् नसक्ने भन्दै खड्काले साधारणसभा रोक्न माग माग गर्दै निवेदन दिएका थिए। उनको निवेदन अनुसार साधारण सभा नरोकिएपनि संचालक चयनमा भने चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै कम्पनीले आयोजना स्थानमा विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई आर्थिक वर्ष २०७४/७५ मा उपलब्ध गराइएको आर्थिक सहयोगको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २१ गतेदेखि बुक क्लोज गरेको छ । त्यस अनुसार जेठ २० गतेसम्म कायम शेयरधनी मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।

जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले असार ११ गते बिहान ११ बजे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको थियो

माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान, आयोजना सम्पन्न हुने दिशातर्फ