कुवेतले अन्तर्राष्ट्रिय उडान सुचारु गर्दै, नेपालीलाई प्रवेश रोक


कुवेत सरकारले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ ।

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द अवस्थामा रहेको अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय त्यहाको मन्त्री परिषदले गरेको हो ।

कुवेत सरकारले कोरोना संक्रमणको जोखिम धेरै भएका मुलुकका नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय पनि गरेको छ ।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय त्यहाँको सरकारले गरेको हो । अन्य मुलुकका नागरिकको हकमा भने कुनै किसिमको निषेध गरिएको छैन ।

कुवेतले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै गत मार्च महिनादेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।