मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

0
Shares

मुक्तिनाथ विकास बैंकले श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

बैंक संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको जनाएको छ ।
शर्माले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेका छन् ।

नेपालमा शर्मा एक व्यवस्थापन विज्ञको रुपमा परिचित छन र साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । शर्माले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासनमा स्नातकोत्तर तह गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।