प्रुडेन्सियल इन्स्योरेन्सको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्सले लिलामीमा राखेको सर्व साधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

लिलामी शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीको शेयरमा एनएमबि क्यापिटलका साथै एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन भर्न सकिने छ ।

इन्स्योरेन्सले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको ६० प्रतिशत हकप्रदमा आवेदन नपरेको शेयर लिलामीमा ल्याएको हो ।

न्यूनतम एक सय कित्तादेखी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ हाराहारीमा छ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्रीमा ल्याएको थियो । १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेकोमा सबै शेयरमा आवेदन परेको थिएन ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात पूँजी एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।